onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चितवन मा भोलि देखी बृहत खुल्ला नकआउट तिहार कप क्रीकेट प्रतियोगिता हुँदै : बिजेता लाई २५ हजार नगद पुरस्कार

कार्तिक १५ ,अनलाईन खेलखबर || खेल खेलौ स्वास्थ्य को लागि , खेलाडी रास्टको लागि भन्ने मुल नारा सहित घनौजी युवा क्लब को आयोजना मा भोलि अर्थात कार्तिक १६ गते बाट चितवन स्थित भरतपुर महानगरपालिका -१४ घनौजी मा बृहत खुल्ला नकआउट तिहार कप क्रीकेट प्रतियोगिता हुने भएको छ ।

घनौजी स्थित सुन्दर बस्ती को खेल मैदान मा हुने प्रतियोगिता मा स्थानिय टोलि हरुको सहभागिता रहने छ ।

टि – ट्वान्टी प्रतियोगिता को बिजेता टोलि ले नगद २५ हजार र उप बिजेता ले नगद १० हजार प्राप्त गर्नेछ्न ।

आउदै गरेको हिन्दु हरु को महान पर्व सुभ दिपावली को पावन अबसर यो प्रतियोगिता गर्न लागिएको आयोजक घनौजी युवा क्लव ले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्