onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ग्लोबल प्रिमियर लिग मा आज पाखापानी राईनोज र लालमटिया ले जित निकाल्दै प्रतियोगिता को फाईनल प्रबेश : उपाधी का लागि भोलि भिडने

कार्तिक ८ ,सनिस आजाद (अनलाईन खेलखबर) || ग्लोबल युथ क्लव को आयोजना मा दाङ को पाखापानी मा जारी ग्लोबल प्रिमियर लिग ( जिपिएल ) अन्तर्गत आज त्रिशुल किग्स लालमटिया र पाखापानी राईनोज बिजयी भएका छ्न ।

प्रतियोगिता को तेस्रो दिन को पहिलो खेल मा भालुबाङ नाईट राईडर्स र त्रिशुल किग्स लालमटिया भिडेका थिए ।

पाखापानी खेल मैदान मा भएको खेल मा भालुबाङ ले पहिले ब्याटिङ गर्दै लालमटिया लाई ९८ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

यसपछि लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको लालमटिया ले ११ ओबर मा ४६ रन मा ५ बिकेट गुमाएको अबस्था मा खेल मा बिबाद उत्पन्न भएको थियो । लालमटिया का ब्याट्सम्यान बिश्मभर गुप्ता ले प्रहार गरेको हवाई सट ले बिबाद निम्ताएको थियो । उचित बाउन्न्डी नभएको कारण खेल मा सामान्य बिबाद आएको थियो ।

लालमटिया ले रनरेटका आधारमा भालुबाङ नाईट राईडर्स लाई जितेर प्रतियोगिता को फाईनल प्रबेश गर्न सफल भयो ।

यस्तै पाखापानी राईनोज र सिद्देश्वरी पाखापानी बिच आजै भएको खेल मा पाखापानी राईनोज बिजयि हुँदै प्रतियोगिता को फाईनल पुग्न सफल भयो ।

अब प्रतियोगिता मा भोलि शुक्रबार बिहान ८ बजे सुभाष भुसाल को टिम त्रिशुल किङ्स लालमटिया र सुमन ज्ञवालिको टिम पाखापानी राहिनोज प्रतियोगिता को उपाधी का लागि प्रतिस्पर्धा गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्