ग्लोबल प्रिमियर लिग (जिपिएल ) आज बाट सुरु : उद्घाटन खेल मा भालुबाङ नाईट राईडर्स बिजयी
असोज ६ ,सनिस आजाद (अनलाईन खेलखबर )|| ग्लोबल युथ क्लब को आयोजना मा दाङ जिल्ला को पाखापानी मा आज देखि ग्लोबल प्रिमियर लिग ( जिपिएल ) सुरु भएको छ ।
प्रतियोगिता को उद्घाटन खेल मा भालुबाङ नाईट राईडर्स ले सिद्देश्वरी लायन्स पाखापानी लाई ३ बिकेट ले पराजित गरेको छ ।
आज पाखापानी खेल मैदान मा ट्स हारेर पहिले ब्याटिङ गरेको सिद्देश्वरी लायन्स ले निर्धारित २० ओवर पुरै खेल्दै १ सय ३७ रनको योगफल खडा गरेको थियो । सिद्देश्वरी लायन्स का लागि प्रेम केसि ले सर्बाधिक ४५ रनको पारी खेले यस्तै ईश्वर खड्का ले ३५ रनको योगदान टिम लाई गरेका थिए ।
१ सय ३८ रनको बिजयि लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न उत्रिएको भालुबाङ ले उक्त लक्ष्य १५.४ ओवर मा ७ बिकेट गुमाएर भेटायो । भालुबाङ लाई जित दिलाउँन चिन्तामणी कडेल को अर्थसतकिय ५० रनको पारी प्रयाप्त भयो । यस्तै भालुबाङ लाई पहिलो जित दिलाउँन चन्द्र बहादुर रोका ले पनि महत्त्वपूर्ण ४५ रन को योगदान गर्दै टिम लाई सहज जित दिलाए ।
खेलको म्यान अफ दि म्याच भालुबाङ का चिन्तामणि कडेल घोषित भए ।
राप्ती गाउपालिका का अध्यक्ष नुमानन्द सुवेदी को प्रमुख अथित्यता मा प्रतियोगिता को उदघाटन गरिएको छ । यस्तै उद्घाट्न सत्र मा गाउँपालिका उपाध्यक्ष जगदम्बा चौधरी , गाउँपालिका का बडा अध्यक्ष तारा डिसि गाउँपालिका सदस्य श्यामलाल पोख्रेल , गाउँपालिका का कै प्रशाशनिक अधिकृत जगत प्रसाद भुषाल को पनि उपस्थिति रहेको थियो ।
यस्तै उक्त कार्यक्रम मा स्थानिय पत्रकार बिदुर एमसि र भिसुन शाही को पनि उपस्थिति रहेको थियो साथै प्रतियोगिता का टिम मालिक हरु सनिस आजाद , सन्तोष पोख्रेल , चन्दमणी ज्ञवाली र डायमन्ड पोख्रेल को पनि उपस्थिति रहेको थियो ।
यस्तै प्रतियोगिता को उद्घाटन कार्यक्रम को सभापतित्व आयोजक ग्लोबल युथ क्लव का सभापति रमेश कडेल ले गरेका थिए । भने स्वागत मन्तव्य प्रतियोगिता का खेल सम्योजक समेत रहेका पवन आचार्य ले दिए । कार्यक्रम सन्चालन क्लब का सचिव सुमन ज्ञवाली ले गरेका थिए ।
आज देखि सुरु भएको प्रतियोगिता लिग को ढाचा मा खेलाइने प्रतियोगिता को खेलाडी छ्नोट अक्सन मार्फत गरिएको थियो । प्रतियोगिता मा भालुबाङ नाईट राईडर्स , पाखापानी राईनोज , त्रिशुल किग्स लालमटिया र सिद्देश्वरी लायन्स पाखापानी ले सहभागिता जनाउदै छ्न ।