ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रीकेट प्रतियोगिता को अक्सन आज सम्पन्न : प्रतियोगिता भोलि बाट सुरु हुने
कार्तिक ५ ,सनिस आजाद (अनलाईन खेलखबर)|| ग्लोबल युथ क्लव को आयोजना मा दाङ को पाखापानी मा यहि आउदो कार्तिक ६ गते देखि सुरु हुने ग्लोबल प्रिमियर लिग ( जिपिएल ) को खेलाडी छ्नोट अक्सन मार्फत आज गरिएको छ ।।
यसअघि आज सोमबार देखि सुरु हुने भनिएको भए पनि बिबिध प्राबिधिक कारण ले प्रतियोगिता भोलि मंगलबार बाट सुरु हुने भएको छ ।
दाङ जिल्ला को राप्ती गाउँपालिका स्तरिय टि – ट्वान्टी प्रतियोगिता लाई यसरी पहिलो पटक अक्सन को ढाचा मार्फत प्रतियोगिता गरिदै छ ।
प्रतियोगिता मा भालुबाङ नाईट राईडर्स , पाखापानी राईनोज , त्रिशुल किग्स लालमटिया र सिद्देश्वरी लायन्स पाखापानी ले सहभागिता जनाउदै छ्न ।
प्रतियोगिता का लागि खेलाडी छ्नोट अक्सन मार्फत आज गरिएको छ ।
जसअनुसार भालुबाङ नाईट राईडर्स ले याकुव मिया को कप्तानी मा अजय बन्जाडे , अमित सुनार , मुकेश गुप्ता , सुरेश चौधरी , बालकृष्ण पुन , मन्द बहादुर रोका , राहुल सुनार , चिन्तामणी कडेल , ईमरान खान , नरेश चौधरी , बिनोद गुप्ता र बब्बु गुप्ता लाई टिम मा अनुबन्धित गरेको छ ।
यस्तै त्रिशुल किग्स लालमटिया ले सुबाश भुषाल को कप्तानी मा बिशभर गुप्ता , हेमराज अधिकारी , बिष्णु सुवेदी , उमेश सहवा , दामोदर पौडेल , सुरेश बिक , फिरोज खान , विशाल भुषाल , हेमराज पोखरेल , आकाश गाहा , बादल सर्मा र असिम अधिकारी लाई टिम मा भित्राएको छ ।
भने सिद्देश्वरी लायन्स पाखापानी ले जीवन केसि , अमृत ज्ञवालि , सन्तोष खनाल , सुनिल सुवेदी , प्रेम केसि , बिभिषण आचार्य , अजय पौडेल , बासुदेव अधिकारी , ईश्वर खडका , चन्दमणी ज्ञवाली , सुमित बिक र शिभण बिसि लाई टिम मा लिएको छ । टिम को कप्तानी बिजय बिक ले गर्नेछ्न ।
यस्तै प्रतियोगिता को अर्को टिम पाखापानी राईनोज ले सुमन ज्ञवाली को कप्तानि मा मोहम्मद अजमद , अभिशेष पान्डे , अनिल खड्का , राकेश तामाङ , केशव बिक , हेमराज राना मगर , पुरुशोत्तम आचार्य , प्रभात ज्ञवालि , निम केएम , आभाष पौडेल र जनक पोख्रेल लाई टिम मा अनुबन्धित गरेको छ ।
अक्सन मा टिम हरु ले खेलाडी हरु लाई ३ क्याटोगोरी बाट लिन सकिने ब्यबस्था मिलाईएको थियो । जसमा “ए ” “बि” र “सि ” रहेका थिए ।
स्थानिय प्रतिभावान खेलाडी लाई आफ्नो प्रतिभा देखाउने राम्रो अबसर को रुप मा यस प्रतियोगिता लाई लिईएको छ । स्थानिय स्तर मा ओझेल मा परेका खेलाडी लाई आफ्नो क्षमता देखाउने माध्यम र क्रीकेट को बिकास का लागि यो प्रतियोगिता गर्न लागेको बताईएको छ ।