सुनसरी को ईनरुवा मा  रात्रिकालीन क्रिकेट हुँदै :  मुलुक भरका १० टिमको प्रतियोगिता मा  सहभागिता रहने

सुनसरी को ईनरुवा मा रात्रिकालीन क्रिकेट हुँदै : मुलुक भरका १० टिमको प्रतियोगिता मा सहभागिता रहने

असोज ११ , अनलाईन खेलखबर || फुलवारी क्रिकेट क्लब इनरुवा सुनसरी को आयोजना मा यहि असोज २० गते बाट ईनरुवा मा रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

सुनसरि जिल्ला सदरमुकाम ईनरुवा स्थित ईनरुवा रङ्गशालामा हुने रात्रीकालिन क्रीकेट सफल गराउँन का लागि फुलबारि क्रीकेट क्लब निरन्तर अहिले तयारी मा जुटिरहेको छ ।

निश्चित स्रोत मा कृत्रिम प्रकाश मा खेल खेल्न योग्य बनाउन आफै मा चुनौतीपूर्ण छ तर यस अघि पनि देश मा केही अभ्यास भईसकेको हुदाँ आयोजक कृत्रिम प्रकाश का साथ रात मा क्रीकेट खेलाउँन हौसिएको छ ।

प्रतियोगितामा काठमाडौं सहित मुलुक भरका १० टिमको सहभागिता रहने बताईएको छ ।
प्रतियोगिताको बिजेता ले नगद १ लाख ७५ हजार राशी सहित ट्रफि पाउने छ भने उपबिजेता ले नगद ७५ हजार राशि पाउने छ्न ।

जिल्ला मा पहिलो पटक हुन लागेको रात्रिकालीन मेयर कप क्रिकेट प्रतियोगिता हुने भए पछि अहिले जिल्ला मा क्रीकेट को रौनक क्रमशः बढदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *