आउदो असोज २६ बाट प्युठान मा  स्थानिय नौ बहिनी प्रिमियर लिग (एनपिएल ) हुँदै

आउदो असोज २६ बाट प्युठान मा स्थानिय नौ बहिनी प्रिमियर लिग (एनपिएल ) हुँदै

असोज ५ , अनलाईन खेलखवर || मदन भण्डारी स्पोर्ट्स एकेडेमी, ४ नम्बर वडा कमीटी नौ बहिनी गाउँपालिका प्युठान को आयोजना मा यहि असोज २६ गते देखि कार्तिक १ गते सम्म नौ बहिनी प्रिमियर लिग (एनपिएल) हुने भएको छ ।

फाईल फोटो

क्रीकेट को उदाउँदो जिल्ला को रुप मा पछिल्लो क्रममा अगाडि बढदै गरेको प्युठान जिल्ला को प्रस्तावित लालीगुरास रंगशाला दिहाल्ना चौर को खेल मैदान मा प्रतियोगिता हुने आयोजक ले अनलाईन खेल खबर लाई जानकारि गराएका छ्न ।

आयोजक का अनुसार “सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्युठान जिल्ला स्थित बहिनी गाउँपालिका मा हुन गईरहेको यस प्रतियोगिता बाट स्थानीय खेलाडी को हौसला प्रदान गर्नु को साथै उनी हरु को प्रतिभा देखाउन माध्यम को रुप मा यस प्रतियोगिता लाई लिईएको छ ।

प्रतियोगिता को बिजेता ले नगद ३० हजार तथा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप-बिजेता ले नगद १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने म्यान अफ द सिरिज का लागि १ हजार र प्रतियोगिता को उत्कृष्ट बलर ,ब्याट्सम्यान ले समान ५ सय प्राप्त गर्नेछन । यस्तै म्यान अफ द म्याच ले ३ सय धेरै छ्क्का प्रहार गर्ने खेलाडि ले ५ सय प्राप्त गर्नेछ्न ।

हाल प्रतियोगिता का लागि टिम लाई प्रतियोगिता को लागि खेल्न आयोजक ले आमन्त्रण गएको छ । प्रतियोगिता खेल्न टिम ले यहि २० गते भित्र ५ हजार नगद सहित टिम दर्ता गर्न सक्नेछ्न ।

टि -ट्वान्टी फरम्याट मा खेलाईने प्रतियोगिता मा स्थानिय नौ बहिनी गाउपालीका भित्रका खेलाडी ले मात्र प्रतियोगिता मा सहभागि गर्न पाउने बाध्यकारी नियम आयोजक को रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *