onlinekhelkhabar.com

Complete website for Nepali Sports News

वर्षाका कारण ओमेगा र माछापुच्छ्रेबीचको पहिलो खेल रद्द

काठमाडौं (अनलाइन खेल खबर)। काठमाडौंको ओमेमा कलेज र पोखराको माछापुच्छ्रे क्रिकेट एकेडेमीबीचको पाँच खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल वर्षाका कारण आईतबार रद्द हुन् पुगेको छ ।

पोखराको तालचोक स्थित ईडन हेभेन्स मैदानमा हुने सिरिजको दोस्रो खेल सोमबार हुनेछ । त्यसपछि क्रमशः १५,१६ र १७ गते खेल हुनेछ ।

पोखरा भ्रमणमा रहेको ओमेगा टिमको नेतृत्व अंकित प्रताप सिंहले गरेका छन् । भने टिमको उप-कप्तान मनिरत्न कुमार शाह रहेका छन् । टिममा विकेटकिपरको रुपमा विकेक बुढाथोकी रहँदा टोलीमा सफल केसी,प्रज्वल झा,प्रज्वल सापकोटा,सौरभ राज, सुरेश कुमार यादव, सुशाक आचार्य,रिवाज खड्का, समिर विष्ट र हरिश शाही रहेका छन् ।