onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

काठमाडौं (अनलाइन खेल खबर) । नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले उचालेको छ ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले पराजित गर्दै ग्रेट हिमालय क्रिकेटले प्रतियोगिताको उपाधि उचालेको हो ।

फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको विशाल योगफल तयार पारेको थियो । टिमले सानदार ब्याटिङ प्रस्तुत गर्ने क्रममा उसका लागि हेमन्त श्रीबास्तबले शतकीय पारी खेले । जस अन्तर्गत उनले १ सय ६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए ।

एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा बिपिन न्यौपानेले ३ विकेट लिए ।

त्यसपछि ग्रेट हिमालयले प्रस्तुत गरेको २ सय २१ रनको विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए ।

बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्