onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीयुसीएलको अक्सन फागुन २९ मा हुने

काठमाडौं (अनलाइन खेल खबर ) । चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल) को खेलाडी छ्नोट प्रक्रिया अन्तर्गत अक्सन फागुन २९ अर्थात शनिबार हुने भएको छ ।

प्रतियोगिताको आयोजक पोखरा युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष प्रकाश खनालका अनुसार प्रतियोगिताका लागि १ सय भन्दा बढी खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गरेका छन् । अक्सन पोखरास्थित तालचोकमा बिहान साढे ९ बजेपछिबाट सुरु हुनेछ ।

यहीँबाट प्रतियोगितामा सहभागि जनाउँने ८ फेन्चाइज टोलीले खेलाडीलाई बोली लगाउने छन् । प्रतियोगिताको प्राबधान अनुसार अक्सनपछि टिमले तीन अन्य खेलाडीलाई अनुबन्ध गर्न पाउँनेछ । जसमा एक राष्ट्रिय खेलाडीलाई समेत टिमले समावेश गर्न पाउँनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य तथा अलराउन्डर करण केसी ब्रान्ड एम्बासडर रहेको यस प्रतियोगिताको पुरुषतर्फ तीन संस्करण र महिलातर्फ एक संस्करण भब्य र सभ्य तरिकाले सम्पन्न भईसकेको छ ।

पोखरा क्षेत्र भित्र खेल जगतमा आफ्नो छुट्टै नाम बनाउन सफल भएको यस प्रतियोगिता पछिल्लो समयमा विद्यार्थीहरुका लागि आफू भित्रको प्रतिभा र क्षमतालाई देखाउने राम्रो माध्यम बनिरहेको छ ।

यता प्रतियोगिता चैत्रको पहिलो सातापछि सन्चालन गर्ने आयोजकले अहिले तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्