onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर एसलाई हराउँदै ग्रेट हिमालय सेमिफाइनलमा

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौंमा जारी नेपाल पाकिस्तान फ्रेन्डसिप टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा आर एस बिद्यापिठ एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको हो ।

समूह सी मा रहेको ग्रेट हिमालयले अंकतालिकामा ६ अंक जोड्दै अन्तिम चारमा स्थान बनाएको हो ।

यता खेलमा ग्रेट हिमालय सेमिफाइनल पुग्ने क्रममा आर एसले प्रस्तुत गरेको १ सय ५४ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेक ग्रेट हिमालयले उक्त चुनौतीलाई १९.२ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

ग्रेट हिमालयको जितमा हेमन्त श्रीबास्तबले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ५१ रनको योगदान गरे । यस्तै टिमको जितमा संगित बुढाथोकीले ४२ रन थपे । बलिङतर्फ आर एसको लागि अनुपम पाण्डेले २ विकेट लिए ।

त्यसअघि धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको आर एस १९. ५ ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।

आर एसका लागि बिजय गौतमले सर्बाधिक ७५ रन र अमृत थापाले ४२ रन बनाए । बलिङतर्फ ग्रेट हिमालयको लागि बिज्ञान गौतमले सर्वाधिक ३ विकेट लिए भने मोहम्मद हुसेन र शुशान्त तिमिल्सिनाले २-२ विकेट लिए ।

१ सय ५४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको ग्रेट हिमालय क्रिकेटले १९ ओभर २ बलमा ५ विकेट गुमाउदै निर्धारित दूरी पार गर्यो । ग्रेट हिमालयलाई दोस्रो जित दिलाउने क्रममा हेम्पन्त श्रीबास्तबले अर्धशतक सहित ५१ रन बनाए । यस्तै संगित बुढाथोकीले ४२ रन बनाए । आर एसको लागि अनुपम पाण्डेले २ विकेट लिए ।

यो सँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । जसमा ग्रेट हिमालयसँगै बलपार्क ,हाम्रो किचन र एन्जल्स हार्ट एकेडेमी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्