बलपार्क र हाम्रो किचन सेमिफाइनलमा
काठमाडौं (अनलाइन खेल खबर )। बल पार्क एकेडेमी र हाम्रो किचेन क्रिकेट क्लब काठमाडौंमा जारी नेपाल- पाकिस्तान मैत्रीपूर्ण टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लायन क्लबलाई १ विकेटले हराउँदै हाम्रो किचेन समूह ए बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
समूहको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हाम्रो किचेनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
उसका लागि अविजित रहेका पवन रोकाले ४८ रनको योगदान गर्दा आदित सुबेदीले ३२ रन बनाएका थिए । बलिङतर्फ लायनका लागि प्रसिद्द श्रेष्ठ र शुभम अग्रवालले समान ३ विकेट लिए ।
त्यसपछि हाम्रो किचेनले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाउदै उक्त चुनौतीलाई पूरा गर्यो ।
लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४ तथा अभिनव बस्नेतले ३० र अविजित रहेका अभिषेक अग्रवालले २२ रन जोडे । बलिङतर्फ हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए ।
यस्तै दिनको अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई बालुवाटार क्रिकेट क्लबले ४९ रनले पराजित गर्न सफल भयो ।
खेलमा पवन राईले शतकीय पारी खेल्दा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटारलाई २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । काठमाडौंको लागि सानदार ब्याटिङ गरेका पवन राईले १ सय १४ रन बनाए भने दुर्गेश थापा २२ रन थपे ।
त्यसपछि २ सय १२ रनको विशाल लक्ष्यलाई पछ्याएको बालुवाटार क्रिकेट क्लब १ सय ६२ सिमित हुन् पुग्दा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई जित हासिल गर्न प्रयाप्त बन्यो ।बालुवाटारको लागि इन्द्र कमल मानन्धरले सर्वाधिक ४० रन र प्रबिन जोशिले २३ रन बनाए ।
बलिङमानकाठमाडौंका तुलाराम लामिछानेले ४ तथा सुलभ अलिले २ विकेट लिए ।
समूह ‘बी’ बाट भने बल पार्क सेमिफाइनल पुग्न सफल भयो । समान दुई अंक भएपनि बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर नेट रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो ।