onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विशाल विक्रम केसीको अलराउन्डर प्रदर्शनमा बाल बाटिकाको दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर ) । नव बाल बाटिका स्कुल बौैैैनीयाले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा शुक्रबार दिनको पहिलो खेलमा बाल बाटिकाले दाङको रोजी बड्सलाई ८ विकेटले पराजित गर्यो ।

खेलमा रोजी बड्सले प्रस्तुत गरेको ८१ रनको सामान्य चुनौतीलाई बाल बाटिकाले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । टिमले सानदार जित हासिल गर्ने क्रममा उसका लागि खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका विशाल बिक्रम केसीले अविजित रहदै २६ रनको योगदान गरे । यस्तै अविजित रहेका कमल ओलीले अविजित १५ रन बनाए ।

त्यसअघि संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै रोजी बड्सले १५.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८० रन बनाएको थियो ।

रोजी बड्सका लागि याकुब मियाँले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा २४ रनको योगदान गरे । यस्तै बलिङ बाल बाटिकाका विशाल बिक्रम केसीले ३ तथा हिमाल बिक र हिमाल मल्लले २-२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्