एएनसीए सुपर लिगको उपाधिका लागि एभरेष्ट र हिमालयनबीच प्रतिष्पर्धा हुने
काठमाडौं (अनलाइन खेल खबर ) । अष्ट्रेलियाको एडिलेडमा जारी एक्सपर्ट एएनसीए सुपर लिगको उपाधिको लागि अमित ज्ञवालिको नेतृत्वमा रहेको हिमालयन वारियर्स र सुनम गौतमको नेतृत्वमा रहेको एभरेष्ट स्ट्राइकर्स आमने- सामने हुने भएका छन् ।
प्रतियोगिताको फाइनल खेल मार्च ७ तारिखमा भिक्टोरिया पार्क ओभलमा स्थानिय समय अनुसार दिउँसो ३ बजेपछि सुरु हुनेछ ।
विजेताले गोल्ड मेडलसँगै रनिङ सिल्ड र २५ सय डलर प्राप्त गर्नेछ । यस्तै उप- विजेताले सिल्भर मेडल प्राप्त गर्नेछ ।
एडिलेड नेप्लेज क्रिकेट एसोसिएसनको आयोजनामा भईरहेको यस प्रतियोगितामा कुल ४ टोलीको सहभागिता रहेको थियो । जसमा हिमालयन वारियर्स,एभरेष्ट स्ट्राइकर्ससँगै रोयल गोर्खाज क्रिकेट क्लब र साउथन नाइट क्रिकेट क्लबले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्