onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

न्यू एकेडेमीमाथि बाल बाटिकाको सहज जित

काठमाडौं(अनलाइन खेल खबर )। धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा न्यू एकेडेमीले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको बाल बाटिकाले उक्त चुनौतीलाई १८.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

बाल बाटिकाको जितमा प्लेयर अफ द म्याच समेत घोषित भएका कमल ओलीले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ३९ रन बनाए । यस्तै अभिषेक साउदले ३३ तथा विराट सिंह भण्डारीले ३० रन बनाए ।

बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले १-१ विकेट लिए ।

त्यसअघि सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

उसका लागि लोकेश जोशीले अर्धशतकीय पारी खेल्ने क्रममा ५१ रन बनाएपनि अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम सामान्य योगफलमै सिमित हुन् पुग्यो ।

बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले ३ विकेट हात पार्दा हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले २-२ विकेट लिए । यस्तै कमल ओलीले पनि १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्