onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिपक बोहराको सानदार ब्याटिङमा हिमालयन ह्वाइट हाउसको लगातार दोस्रो जित

काठमाडौं(अनलाइन खेल खबर ) । धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत काठमाडौँको हिमालयन ह्वाइट हाउसले लगातार दोस्रो जित हासिल गरेको छ ।

दिपक बोहरा – फाइल फोटो

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा बुधबार भएको दिनको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्यो ।

खेलमा हिमालयन ह्वाइट हाउसले प्रस्तुत गरेको १ सय ९३ रनको विशाल विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको शारदा विद्या निकेतनले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ५७ रनमा सिमित हुन् पुगेपछि हिमालयन ह्वाइट हाउसलाई प्रतियोगितामा दोस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

शारदाका लागि दीनेश ओडले सर्वाधिक ९० रनको योगदान गर्दा अर्जुन साउँदले २३ रन बनाए ।

बलिङतर्फ ह्वाइट हाउसका सन्दिप जंग शाहीले ४ तथा रजत तिमिल्सिनाले २ विकेट हात पारे ।

त्यसअघि सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो ।

टिमले विशाल स्कोर बनाउने क्रममा उसका लागि दीपक बोहराले सर्वाधिक ९३ रनको योगदान गरे । यस्तै सुदिप बस्नेतले पनि २३ रन थपेका थिए ।

बलिङतर्फ शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १-१ विकेट लिए ।

यो जितसँगै समूह ए मा रहेको हिमालयन ह्वाइट हाउस सेमिफाइनल नजिक पनि पुगेको छ । ह्वाइट हाउसले पहिलो खेलमा कंचनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्