onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मूलपानीमा अन्तर कलेज बीबीए क्रिकेट हुने

काठमाडौं (अनलाइन खेल खबर ) । पब्लिक युथ क्याम्पसको आयोजनामा फागुन २० देखि चैत १ गतेसम्म इन्टर कलेज बीबीए क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मूलपानी तल्लो क्रिकेट मैदानमा टि-ट्वान्टी ढाँचामा हुने यस प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय मातहतमा रहेका बीबीए संकायका कलेजहरुले यस प्रतियोगितामा सहभागी हुनेछन् ।

यस संस्करणमा कुल १७ कलेजको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको विजेताले ८५ हजार प्राप्त गर्दा उप-विजेताले ३५ हजार सहित ट्रफी र प्रमाणपत्र पात्र गर्नेछ ।

यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई नगदसहित ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार पाउनेछन् ।

यता प्रतियोगिताको ब्यबस्थापन चन्द ब्रोदर्स प्राइभेट लिमिटेड गर्नेछ । प्रतियोगिताको प्रावधान अनुसार अघिल्लो संस्करणको विजेता टोलीले प्रतियोगिताको आयोजना गर्ने प्राबधान रहेको छ । सोही अनुरुप अघिल्लो संस्करणको च्याम्पियन पब्लिक युथ क्याम्पसले यसपटक आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्