onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गजेन्द्र बोहरा चम्किँदा लिटल बुद्धमाथि हिमालयन ह्वाइट हाउसको सहज जित

काठमाडौं (अनलाइन खेल खबर ) ।धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउसले लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्यो ।

संघीय प्रहरी इकाई कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटल बुद्ध १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ७२ रनमा सिमित हुन् पुगेको थियो ।

उसका लागि रोयल बम र राजेश ऐरले १५-१५ रन बनाए । बलिङमा ह्वाइट हाउसका स्पिन अलराउन्डर गजेन्द्र बोहराले सर्वाधिक धेरै विकेट लिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले ५ विकेट लिए । यस्तै सन्दीप शाहीले ३ विकेट लिएका ।

त्यसपछि लिटल बुद्धले प्रस्तुत गरेको ७३ रनको सामान्य विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ह्वाइट हाउसले उक्त चुनौतीलाई ११.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सहज जित दिलाउने क्रममा अविजित रहेका दीपक बोहराले अर्धशतक पूरा गरे । जसमा उनले ५० रन बनाए । यस्तै निश्चल थापाले १९ रन जोडे । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्