onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोजी बर्ड्समाथि न्यु एकेडेमीको फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर ) । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा रुपन्देहीको न्यु एकेडेमीले दाङको रोजी बर्ड्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सोमबार दिनको पहिलो खेलमा न्यु एकेडेमीले फराकिलो जित हासिल गर्ने क्रममा रोजी बर्ड्सलाई १ सय ५ रनले पराजित गर्यो ।

संघीय प्रहरी इकाई कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यु एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो ।

उसका लागि अंकित बिएमले सर्वाधिक ३३ रन बनाउँदा सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रनको योगदान दिए ।

बलिङतर्फ रोजीका लागि आशिष सुवेदीले तीन तथा विजय विश्वकर्मा र याकुव मियाँले दुई -दुई विकेट लिए ।

त्यसपछि न्यु एकेडेमीले प्रस्तुत गरेको १ सय ७१ रनको विशाल विजयी लक्ष्यलाई पछ्याएको रोजी बर्ड्स १७.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ६५ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि खुम चौधरीले २० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

रोजी बर्ड्सको ब्याटिङ ध्वस्त पार्ने क्रममा न्यु एकेडेमीका सन्दीप विष्टले तीन तथा सुरेश रावल र अनिल थापाले दुई-दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्