onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कास्की जिल्ला क्रिकेट संघको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौं (अनलाइन खेल खबर) । कास्की जिल्ला क्रिकेट संघको तेश्रो साधारण सभा शुक्रबार पोखरा रंगशालाको सभाहलमा सम्पन्न भएको छ ।

साधारण सभा जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षता,राट्रिय खेलकूद परिषद (राखेप ) का सदस्य राजेश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतम,गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देबेन्द्र प्रजु,जिल्ला क्रिकेट संघ कास्कीका उपाध्यक्ष बिनित श्रेष्ठ लगायतका ले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले फेवातालको पानी घटाइएको बेला तालमा पुरिएको माटो खेल मैदानको लागि अति उत्तम हुने हुँदा सो माटो झिकेर पोखरा रंगाशाला भित्र रहेका क्रिकेट लगाएत बिभिन्न खेल मैदानमा हाल्न आफूले प्रदेशका सम्बधित मन्त्री तथा मुख्यमन्त्रीलाई झकझकाईरहेको जानकारी गराए ।

उनले पशुपती घाटमा प्रदेश सरकारले बनाउन लागेको क्रिकेट रंगाशाला भन्दा क्रिकेट मैदानको स्तोरउन्नति गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले क्रिकेट संघका पदाधिकारीहरुलाई पद मात्र ओगटेर नबस्न आग्रह गर्दै साधारण सभा, अधिबेशन लगायत कार्यक्रममा जस्तै क्रिकेटमा मैदान पनि सक्रियताका साथ एकजुट भएर लाग्न आह्वान गर्दै काम गर्नेहरूलाई आफूले सधै सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

साथै उनले पोखरा रंगाशाला भित्रको क्रिकेट मैदानको सुदृढीकरण गर्न आफूले योजना बनाएको र सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा खुल्ला सत्रको समापन गर्दै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले जिल्ला संघले हालसालै सुरु गरेको सेन्ट्रल क्रिकेट एकेडेमीलाई अझै प्रभावकारी बनाउदै निकट भविष्यमा राष्ट्रियस्तरको एकेडमी कप प्रतियोगिता गर्ने लक्ष्य लिएको जानकारी दिए ।

साथै उनले पोखरामा ठुला प्रतियोगिता आयोजना गर्न पोखरा रंगाशाला मात्र मैदान हुदा अप्ठेरो परेको र पशुपती घाटमा कम्तिमा मैदान लेभल गरी अभ्यास गर्न मिल्ने बनाउन सके तत्काललाई वैकल्पिक मैदान तयार गर्न सकिने हुदा त्यस्को लागी पहल गर्न सबैसँग आग्रह गरे । साथै उनले कास्की जिल्ला क्रिकेट संघका विभिन्न कार्यक्रमहरू सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्