onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रसायन शास्त्र र खेलकुद विभाग च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर विभागीय फुटसल प्रतियोगिताको उपाधि महिलातर्फ रसायन शास्त्र र पुरुषतर्फ खेलकुद केन्द्रिय विभागले उचालेको छ ।

जसअनुसार रसायनले प्राणी शास्त्रलाई हराउँदै उपाधि उचाल्दा पुरुषतर्फ च्याम्पियन बनेको खेलकुद विभागले भौतिक शास्त्र केन्द्रिय विभागलाई हराएको थियो ।

प्रतियोगिताको विजेताले १५ हजार प्राप्त गर्दा उप – विजेता टोलीले १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेता र उप – विजेतालाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचिव रमेश सिलवालले पुरस्कार वितरण गरेका थिए ।

यता प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा अनेरास्ववियुकी नेत्री तथा नेकपा केन्द्रिय सदस्य सुनिता बराल ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सुमनराज कार्की , मदन विष्ट लगायतको उपस्थित रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ६ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्