onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कीर्तिपुरमा फुटसल प्रतियोगिता हुँदै

काठमाडौं (अनलाइन खेल खबर )। यहीँ माघ १४ देखि १६ गतेसम्म काठमाडौंस्थित कीर्तिपुरमा फुटसल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले आयोजना गर्न लागेको यस फुटसलमा पुरुष र महिला दुबै इभेन्ट हुने आयोजक समितिका तर्फबाट मदन बिष्टले जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि एकेडेमीले शुक्रबारदेखि टिम दर्ता समेत खुला गरेको छ । जस अन्तर्गत माघ १३ गतेसम्म टिम दर्ता गर्न सकिने छ ।

ट्याङ्लाफाँटको कृनगर फुटसलमा हुने प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार प्राप्त गर्दा उप – विजेता टोलीले १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा त्रिवि कीर्तिपुर क्याम्पसका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउँने छन् ।

प्रतिक्रिया दिनुहोस्