onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोहलपुर ओपन क्रिकेट प्रतियोगिता पुस २० बाट

काठमाडौं (अनलाइन खेल खबर ) । यहीँ पुस २० गते देखि २८ गते सम्म कोहलपुरमा कोहलपुर ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिताको आयोजक शारदा एजुकेसन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयोजनाको अधिकारिक घोषणा गरेको हो ।

बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका विभिन्न शहरका टिमहरु सहभागी हुनेछन्।

जसमा नेपालगञ्ज,काठमाडौं, भैरहवा, दाङ र सुर्खेत जस्ता विभिन्न स्थानका १६ टोलिहरु नक आउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरीले जानकारी गराएका छन् ।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्