onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश १ छ्नोट : मोरङ र उदयपुर विजयी

काठमाडौं (अनलाइन खेल खबर ) । पुरुष प्रधानमन्त्री कप अन्तर्गत प्रदेश १ को छ्नोटमा मोरङले सुनसरीलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा मोरङले सुनसरीलाई ३ विकेटले पराजित गर्यो । खेलमा सुनसरीमाथि जित हासिल गर्नका लागि फिर्दोस अन्सारीले अर्धशतकीय पारी खेले ।

अविजित रहेका उनले ९४ बलको सामना गर्दै ८ चौकासहित ६० रनको योगदान गरे । यस्तै टिमका लागि राजन मगरले ४६ रन , सिद्धान्त लोहनीले २२ रन र रबि रोयले १९ रन जोडे ।

बलिङतर्फ सुनसरीरका जोशक खड्का र गौरभ कटवालले समान २-२ विकेट लिए भने सोनु मण्डल र विकल्प आचार्यले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको सुनसरीले ४९.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९५ रनको योगफल खडा गरेको थियो ।

सुनसरीका लागि गौरभ कटवालले ४० रन , राकेश सोनिले ३८ रन र भुपाल लुईटेलले ३४ रन बनाएका थिए ।

बलिङतर्फ मोरङका सरवन यादव र फिर्दोस अन्सारीले समान २-२ विकेट लिएका थिए । भने आशिष् श्रेष्ठ , मुकुन्द यादव , सिद्धान्त लोहनी र दिपेश कडेलले पनि समान १-१ विकेट लिएका थिए ।

यस्तै आजैनै भएको अर्को खेलमा उदयपुरले इलामलाई ४८ रनले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्