onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रादेशिक छ्नोट प्रतियोगिता खेल्ने सुनसरी जिल्ला क्रिकेट टोलीको विदाई

विज्ञान कार्की,सुनसरी । पुस ११ गते देखि काठमाडौंमा हुन् गईरहेको पुरुष प्रधानमन्त्री कप अन्तर्गतको प्रादेशिक छ्नोट प्रतियोगिता खेल्नका लागि झापा प्रस्थान गर्नुअघि बिहिबार सुनसरी जिल्ला क्रिकेट टोलीलाई एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।

शुक्रबार देखि सुरु हुने प्रदेश १ को प्रादेशिक छ्नोटका लागि त्यसतर्फ प्रस्थान गरेको आफ्नो टोलीलाई सुनसरी क्रिकेट संघले एक कार्यक्रमसहित विदाई तथा जर्सी हस्तान्तरण गरेको थियो ।

कार्यक्रमका दौरान सुनसरी जिल्लाको एक प्रतिष्ठित विद्यालय महेन्द्र मेमोरियल विद्यालय का संस्थापक निश्चल शाक्यले खेलाडीहरुलाई सुभकामनासहित जर्सी प्रदान गरेका थिए ।

कार्यक्रममा संघका पदाधिकारी,खेलाडी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । पुष्प थापाको प्रशिक्षण र सरोज बस्नेतको कप्तानीमा रहेको सुनसरीले उदयपुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

छ्नोट प्रतियोगितामा घरेलु टोली झापासहित सुनसरी, मोरङ, ईलाम र उदयपुरको सहभागिता रहने छ । 

सुनसरी टोली : सरोज बस्नेत (कप्तान), राकेश सोनी, प्रशान्त थापा, सोनु मण्डल, विवेक मेहता, जोसेफ खडका, भुपाल लुईटेल, विकल्प आचार्य, सरोज कटुवाल, विकेश बन्जारा, गौरब कटुवाल, रितेश राय, हिमान्शु शाह र निरज शाह

वैकल्पिक खेलाडी:निशान्त महत, समिर तिम्सिना, सुरज भगत र शिवम यादव


प्रतिक्रिया दिनुहोस्