लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा इन्द्रेणी फुटबल एकेडेमीलाई फुटबल सामाग्री सहयोग
काठामाडौं (अनलाइन खेल खबर ) । पोखरामा अवस्थित इन्द्रेणी फुटबल एकेडेमीलाई लायन्स क्लब अफ पोखरा डाउन टाउनले फुटबल खेलका लागि सामाग्रीहरु सहयोग गरेको छ ।
लायन्सले बुधबार एक कार्यक्रम गरी एकेडेमी संचालक इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी तथा एकेडेमीका संयोजक मोहन श्रेष्ठलाई क्लबका अध्यक्ष रेशम बहादुर केसी र गभर्नर लायन मन बहादुर रोकाले सयुक्त रुपमा फुटबल सामग्री हस्तातरण गरेका थिए ।
इन्द्रेणी एकीकृत विकास केन्द्रको सभाहलमा भएको कार्यक्रममा सहयोग स्वरुप फुटबल सामाग्री प्राप्त गरेपछि केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले क्लबले जुन उदेश्य राखेर सहयोग गरेको छ । त्यसले फुटबल खेलमा रुचि राख्ने र सामाग्री अभावमा खेल्न नसक्नेहरुको लागि सहयोग पुग्ने बताएका थिए ।
यता लायन्सका अध्यक्ष रेशमले पनि यसरी आफूहरुले एकेडेमीलाई सहयोग गर्न पाएकोमा आफूहरुलाई पनि खुशी लागेको बताएका छन् । क्लबले पनि खेलकुदलाई प्राथमिकताका साथ हेर्ने हुँदा बेला – बेलामा क्लबले यसरी सहयोग गर्दै आएको समेत जानकारी गराएका थिए ।