बिएमडब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राइनोज र सगरमाथा भिड्ने
काठमाडौं( अनलाइन खेलखबर ) | अष्ट्रेलियाको मेलबर्नमा जारी बिएमड्ब्लु क्रिकेट कपको उपाधिका लागि रोयल राईनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छ्न छन ।
आईतबार भएको प्रतियोगिताको सेमिफाइनल खेलमा नारे किग्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै रोयल राईनोज प्रतियोगिताको फाइनल पुग्न सफल भएको हो ।
यता रोयल राईनोजसँग फाइनल भेट गरेको सगरमाथाले द हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेपछी रोयल राईनोजसँग सगरमाथाले फाइनल भेट पक्का गरेको हो ।
रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी यस प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका ८ टिमको सहभागिता रहेको थियो ।