क्रिकेट टोली सिगांपुर प्रस्थान गर्दै : नेपालको लक्ष्य अन्तिम छनोटमा पुग्ने
साउन ४ , अनलाईन खेलखबर || जुलाई २२ देखी २८ तारिखसम्म सिगापुरमा हुँन गईरहेको आईसीसी टी – ट्वान्टी विश्वकपको एसिया छ्नोट प्रतियोगिताका लागि नेपाली टोली आज मलेसियाबाट सिगांपुर प्रस्थान गर्दैछ ।
अन्तिम तयारिका क्रममा मलेसियामा रहेको नेपाली टोलीले तयारी सकाएर प्रतियोगिता खेल्न आज शनिवार सिगांपुर जाने कार्यक्रम तय भएको हो ।
असार २४ गते अन्तिम तयारी गर्न नेपालबाट मलेसिया पुगेको नेपाली टोलिले त्यहाँ रहेर अभ्याससँगै मलेसियाबिरुद्द दुई अन्तर्राष्ट्रिय टि -ट्वान्टी खेलसमेत खेलेको थियो ।
जसमा मलेसियाबिरुद्द श्रीङखलालाई क्लिन स्विपगर्ने क्रममा पहिलो खेलमा ७ विकेटले जित हासिल गरेको थियो भने दोस्रो अर्थात अन्तिम् रोमान्चिक बनेको खेलमा नेपालले मलेसियामाथी ६ रनले विजयी हासिल गरेको थियो ।
टि – ट्वान्टी विश्वकपको छ्नोट प्रक्रियाको दोस्रो चरणमा रहेको एसीया छनोट प्रतियोगितामा आयोजक सिगाँपुर सहित नेपाल, कतार, मलेसिया र कुबेतको सहभागिता रहने छ ।
नेपालले २३ जुलाईमा कतार बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेलमा जुलाई २७ मा कुबेतको सामना गर्नेछ भने अन्तिममा आयोजक सिगापुर सँग जुलाई २८ मा नेपालले खेल्नेछ ।
प्रतियोगिताको शिर्षस्थानमा आउने टोलीले बिश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको ग्लोबल छनोटमा सहभागिता जनाउने छ ।
जुन प्रतियोगिता युएईमा आयोजना हुनेछ । १४ टिम सहभागी ग्लोबल टी ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी- ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।