भारतको अपराजित यात्रा कायमै ! पाकिस्तान फेरी पराजित

भारतको अपराजित यात्रा कायमै ! पाकिस्तान फेरी पराजित

असार २ , अनलाईन खेलखबर ।। ईङ्गल्यांड़ र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा भारतले अपराजित यात्रा यथावत राखेको छ ।

आईतबार राती बर्षाले प्रभावित खेलमा पाकिस्तानलाई पनि भारतले ८९ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

खेलमा भारत ले प्रस्तुत गरेको ३ सय ३७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरिरहदा पानि परेपछि खेललाई ४० ओवरमा घटाएर पाकिस्तानलाई नयाँ ३ सय २ रनको लक्ष्य दिईएको थियो ।

जसअनुसार पाकिस्तानले ४० ओवर पुरै खेलेपनि ६ विकेट गुमाएर २ सय १३ रनमा सिमित हुन् पुगेपछि खेल भारतलेआफ्नो पक्षमा पार्न सफल भयो ।

पाकिस्तानका लागि फकर जमानले सर्बाधिक ६२ रनको पारी खेले । ७५ बल सामना गर्दै उनले ७ चौका र १ छक्का समेत प्रहार गरे । यस्तै टिमका लागि बाबर आजमले ४८ तथा ईमाद वासिमले ४६ रन बनाउनु बाहेक अन्य खेलाडीवाट सन्तोषजनक प्रदशन हुन् नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङ्गमा भारतका विजय सङ्गखर , हार्दिक पाण्डेय र कुलदिप यादबले समान २/२ विकेट हात पारे ।

त्यसअघि मैनचेस्टरमा जारी विश्वकपको २२ औँ खेलमा सुरुमा टस जितेर पाकिस्तानले भारतलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुरुप भारतले निर्धारित ५० ओवर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

सुरुवात देखिनै राम्रो ब्याटिंङ्ग गरेको भारतले पहिलो विकेटका लागी केएल राहुल र रोहित शर्माले शानदार ओपनिङ्ग पारी खेलेका थिए । यी दुई बिच १३६ रनको साझेदारी हुन् पुग्यो ।

२३.५ ओवरमा केएल राहुलले अर्धसतकीय पारी खेल्दै आउट हुन् पुगे । ७८ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए ।

यसपछी टिमले दोस्रो विकेटका लागि ९८ रनको साझेदारी पाएको थियो । टिमका कप्तान बिराट कोहली र उप कप्तान रोहित शर्माले उक्त साझेदारी गर्दै टिमलाई ठुलो योगफल तर्फ अग्रसर गराएका थिए ।

खेलका नायक रोहित दोस्रो विकेटका रुपमा पभेलियन फर्किनु भन्दा अघि उनले निकै उत्कृष्ट पारी खेल्दै १४० रनको योगदान गरेका थिए । ११३ बल को सामना गरेका उनले १४ चौका र ३ छक्काको मद्दतमा उक्त स्कोर जोडेका थिए ।

यसपछी टीमका लागि हार्दिक पाण्डेयले २६ रन , महेन्द्र सिह धोनीले १ रन र कप्तान बिराट कोहलीले ७७ रन बनाएर आउट हुन् पुगेका थीए । यस्तै बिजय सङ्गखर १५ रन र केदार जाधवले ९ रनमा अविजित रहेका थिए ।

बलिङ्ग तर्फ पाकिस्तानका लागि मोहम्मद आमिरले सर्बाधिक ३ विकेट लिए । त्यस्तै वहाब रियाज र हसन अलीले समान १/१ विकेट लिएका थिए ।

यो खेल संगै भारत ७ अंकसहित अहिले अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पाकिस्तान ३ अंकसहित नवौ स्थानमा रहेको छ ।

यसअघि विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा विश्वकपको उपाधि दाबेदार मध्यको एक अष्टेलियालाई ३६ रनले निराश बनाएको थियो यस्तै न्युजिल्याड बिरुद्दको तेस्रो खेल भने बर्षाले प्रभावित गरेपछि खेल रद्द हुन् पुगेको थियो ।

यता पाकिस्तानले ४ खेलबाट मात्र एक खेल जितेको छ । १ खेल रद्द हुदाँ अंक बाडेको थियो भने २ खेलमा पराजित हुन् पुगेको थियो । पहिलो खेलमा वेस्ट ईण्डिज सँग पाकिस्तान ७ विकेटले पराजित हुन् पुगेको थियो ।

भने विश्वकपको दाबेदार मध्यको एक ईङ्गल्यांण्डलाई भने पाकिस्तानले १४ रनले पराजित गरेको थियो । यस्तै तेस्रो खेल श्रीलका बिरुद्द यो खेल भने बर्षाले प्रभावित गरेपछि रद्द हुन् पुगेको थियो ।यसपछि पाकिस्तान अघिल्लो खेलमा अष्टेलिया सँग ४१ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *