काठमाडौंलाई अवसर र दबाब
पोखरा ( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन वारियर्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल ) मा आज निकै अर्थपूर्ण र महत्वपूर्ण खेल खेल्दैछ ।
काठमाडौंले आज आफ्नो लिगको अन्तिम खेल साविकको उप -विजेता समेत रहेको चितवन राईनोजसँग बिहान साढे ११ बजेपछि भिड्दै गर्दा काठमाडौंलाई जितको दबाब रहने छ ।
जारी प्रतियोगितामा अपराजित रहदै आएको चितवनबिरुद्द काठमाडौंलाई भने जित आबस्यक रहेको छ । हालसम्म चितवन ४ खेलबाट ८ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहदा काठमाडौं भने ४ खेलबाट २ मा जित र समान २ खेलमा हार ब्योहोर्दै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
यस्तोमा आजको खेलमा काठमाडौंलाई जित्ने पर्ने हुन्छ यदि पराजित भएको खण्डमामा प्ले अफ पुग्न काठमाडौं विराटनगर र बुटबलको खेलमा भर पर्नुपर्नेछ ।
त्यसअर्थ आज काठमाडौं जितका साथ सिदै प्ले अफ खेल्न चाहन्छ । तर काठमाडौंका लागि त्यति सहज भने पक्कै रहेको छैन ।
जारी प्रतियोगितामा निकै लयमा रहेको चितवनलाई हराउन यो स्तरको प्रदर्शनले काठमाडौको प्रयाप्त नहुन सक्छ । त्यसका लागि आज काठमाडौका सम्पूर्ण खेलाडीले आफुलाई दिएको जिम्बेवारीलाई न्याय गर्न जरुरी छ ।
यदी प्रतियोगितामा सुखद नतिजा र टिमलाई प्रमाणित गर्न आज काठमाडौंलाई अर्को अवसर पनि रहेको छ । काठमाडौंमा चितवनलाई हराउने सक्ने क्षमता भने देखिन्छ । तर सोचेका र बढी आशा गरेका खेलाडीबाट सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम यो स्थितिमा पुगेको हो ।
काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवलसँग सुपर ओभरमा पराजित हुन पुग्दा तेस्रो खेलमा भने जित हासिल गरेको थियो ।
सुरुवाती दुई खेलमा पराजित भएपछी तेस्रो खेलमा आएर काठमाडौंले पहिलो जित हासिल गर्ने क्रममा धनगढीमाथि १ सय ६ रनले विजयी भएको थियो ।
त्यसपछी अघिल्लो खेलमा काठमाडौंले विराटनगरलाई ३६ रनले पराजित गरेको थियो ।
यता अपराजित रहदै प्रतियोगिताको फाइनल नजिक पुगेको चितवन पनि आज जित हासिल गर्दै सिदै प्रतियोगिताको फाइनल पुग्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।
प्रतियोगिताको प्राबधान अनुसार लिग चरणबाट अंकतालिकामा पहिलो स्थानमा रहने टिम फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल पुग्न प्रतिष्पर्दा गर्नेछन । र यो खेलको विजेता पनि फाइनल पुग्नेछ ।