onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बि एम ड्ब्लु कपमा हिम , नारे र हिमालयन विजयी

काठमाडौं ( अनलाइन खेलखबर ) | अष्ट्रेलियाको मेलबर्नमा जारी `बि एम ड्ब्लु कप´ टि- ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो आईतबार भएको खेलमा हिम अष्ट्रेलिया क्रिकेट क्लब , नारे किग्स र द हिमालयन क्रिकेट क्लब विजयी भएका छ्न ।

आईतबार टिड्ब्लु पार्कमा भएको खेलमा हिम अष्ट्रेलियाले जित हासिल गर्ने क्रममा एक्सपर्ट क्रिकेट क्लबलाई ४० रनले पराजित गरेको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्व राष्ट्रिय खेलाडी युनिल श्रेष्ठको उत्कृष्ट पारीमा टिमले निर्धारित २० ओभर पुरै खेल्दै १ सय ७४ रनले बनाएको थियो ।

टिमका लागी युनिलले ६० बलमा ८८ रनको योगदान गरेका थिए ।

त्यसपछि हिम अष्ट्रेलियाले दिएको १ सय ७५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एक्सपर्ट १ सय ३४ रनमा सिमित हुन पुगेपछी खेल हिम अष्ट्रेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यस्तै नारे किग्सले गोर्खाली क्रिकेट क्लबमाथि ९ विकेटले जित आत्मसाथ गर्दा आईतबारनै भएको अर्को खेलमा बृलिएन्ट क्रिकेट क्लबलाई द हिमालयनले ७ विकेटले पराजित गरेको थियो ।

खेलमा टस जितेर बृलिएन्टले पहिले ब्याटिङ गर्दै २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

त्यसपछि बृलिएन्टले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्यलाई हिमालयनले २० ओभरमा मात्र ३ विकेट गुमाएर भेटाएको थियो ।

खेलको प्लेयर अफ द म्याच ६६ रन प्रहार गरेका रबिन घोषित भएका थिए ।

प्रतियोगितामा मेलबर्नमा रहेका नेपाली समुदायहरुको ८ क्रिकेट क्लबको सहभागिता रहेको छ ।

लिगकम नकआउटको आधारमा सन्चालित प्रतियोगिता हप्ताको आईतबारका मात्र सन्चालन भईरहेको रोयल राइनोज क्रिकेट क्लबको अध्यक्ष विजय शाक्यले बताएका छन ।

बिएम ड्ब्लु टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संम्योजकमा विष्णु सापकोटा र बिदुर गिरि रहेका छन।

प्रतिक्रिया दिनुहोस्