onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साविकको विजेता पल्टनको झिनो चुनौती

पोखरा ( अनलाइन खेलखबर ) | साविकको विजेता पोखरा पल्टनले आफ्नो अन्तिम खेलमा निकै निराशाजनक ब्याटिङ गर्ने क्रममा धनगढीसामू निकै झिनो लक्ष्य प्रस्तुत भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने क्रममा पोखराले १६.३ ओभरमा अलआउट हुँदै ७९ रनमा सिमित हुन पुगेको छ ।

प्रतियोगितामा ब्याटिङले साथ नदिरहेको अवस्थामा पोखराको आज धनगढीसँगको खेलमा पनि ब्याटिङ चल्न नसक्दा टिम कम रनमा पुगेको छ ।

आजको खेलमा मोहम्मद आशिफ शेखले ३२ रन र विनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टिम झिनो स्कोरमा रोकियो ।

पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा अनिल खरेलले ३ तथा सागर ढकाल , दिपक पुनिया र कमल सिह एरीले समान २/२ विकेट लिन सफल भए ।

आजको खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने पहिलो टिम हुँदा जित टिमको प्ले अफ समीकरण जिवितै रहने छ ।

प्रतिक्रिया दिनुहोस्