बिग ब्यासमा सन्दीपको टिम मेलबर्नको लगातार दोस्रो जित

बिग ब्यासमा सन्दीपको टिम मेलबर्नको लगातार दोस्रो जित

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सलेले अष्ट्रेलियाको उच्च लिग बिग ब्यास लिग (बीबीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

मेलबर्नले जारी प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा आईतबार होबार्ट हरिकेन्स लाई ५२ रनले पराजित गरेको हो । यसअघि मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।

खेलमा मेलबर्नले दिएको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १६ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा सिमित हुनपुगेपछि खेल मेलबर्नले आफ्नो पक्षमा पार्न सफल भयो ।

होबार्टका लागि क्लाइव रोजले सर्वाधिक ३२ तथा कालेब ज्वेलले २५ रन बनाउनु बाहेक अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्न पुग्दा होबार्ट अलआउट हुँदै पराजित हुन पुग्यो ।

बलिङतर्फ मेलबर्नका हरिस रौफले एक्कैले ५ तथा ग्लेन म्याक्सवेल र आदम जम्पाले समान २/२ विकेट लिदा सन्दिप लामीछानेले १ विकेट लिएका थिए ।

३ ओभर बलिङ गरेका सन्दिपले १८ रन मात्र खर्चिए ।

त्यसअघि भिक्टोरिया भएको टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङको मद्दतमा निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

मेलबर्नका लागि स्टोइनिसले सर्वाधिक ८१ रनको योगदान दिएका थिए । अविजित रहेका उनले ५४ बलमा ७ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान निक मैडिन्सनले ४० तथा बेन डंकले १९ रन बनाएका थिए ।

बलिङतर्फ होबार्ट हरिकेन्स का रिले मेरेडिथले सर्वाधिक ३ तथा क़ैस अहमदले १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *