लगातार चौथों जितसँगै चितवन फाइनल नजिक
पोखरा ( अनलाइन खेलखबर ) | साविकको उप -विजेता चितवन राईनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को फाइनल नजिक पुगेको छ ।
प्रतियोगितामा लगातार चौथों जित हासिल गरेपछी चितवन प्रतियोगिताको फाइनल नजिक पुगेको हो ।
चौथों खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित गरेपछी चितवन अहिले ८ अंकका साथ पहिलो स्थानमा रहेको छ । प्रतियोगिताको प्राबधान अनुसार लिगको पहिलो स्थानमा रहने टिम सिधै फाइनल पुग्नेछ ।
त्यसैले यो जितसँगै चितवनको सम्भावना बढेर गएको छ । अब चितवनले आफ्नो अन्तिम खेलमा काठमाडौंसँग खेल्न बाकी रहेको छ । यदी यो खेलमा चितवनले जित हासिल गरेमा स्वत लिगको पहिलो हुँदै चितवन फाइनल पुग्नेछ ।
तर पराजित भएको खण्डमा बुटबलको खेलमा भर पर्नु पर्ने हुन्छ । अब बुटबलले दुई खेल खेल्न बाकी रहेको छ ।
यता खेलमा चितवनले प्रस्तुत गरेको १ सय ४७ रनको चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा सिमित हुन पुगेपछी खेल चितवनले आफ्नो पक्षमा पार्न सफल भएको छ ।
खेललाई अन्तिम सम्म पुर्याएको भएपनि विराटनगर सफल हुन् नसकेपनि टिमका लागि युवा खेलाडी लोकेश बमले भने निकै राम्रो ब्याटिङ गरे ।
अर्धशतकीय पारी खेलेका उनले ३६ बलको सामना गर्दै ५ चौका र ५ छक्काको मद्दतमा ६२ रनको योगदानगरे । भने पुनित मेहराले २४ रन बनाउनु बाहेक त्यसअघिका खेलाडीबाट टिमले साथ नपाउँदा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ चितवनका करन केसी र भिम सार्कीले समान ३/३ विकेट लिए । भने रोहन मुस्तफाले २ र सनि पटेलले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
अघिल्ला तिन खेलमा निकै राम्रो ब्याटिङ गरेको भएपनी चौथो खेलमा आएर भने चितवनको ब्याटिङ सोचे अनुरुप चल्न सकेन । जारी प्रतियोगितामा विहानको अवस्थामा रन नबनीरहेको अवस्थामा त्यो कुराबाट चितवन पनि अछुतो रहेन ।
प्रतियोगितामा ससक्त प्रदर्शन गरिरहेको चितवन आज भने सुरुवाती अवस्थामाबाटै दबाबमा आएको थियो ।
२.५ ओभरमा ओपनर तथा भरपर्दा ब्याट्सम्यान रोहन मुस्तफालाई टिमको स्कोर १३ रन हुँदा गुमाएको चितवनले त्यसपछी कप्तान पारस खडकालाई दोस्रो विकेटका रुपमा गुमाएको थियो ।
उनले ३८ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ३५ रनको योगदान गरे । पारस पछी टिमले अनिल कुमार शाहलाई सस्तैमा गुमाउने क्रममा मात्र ३ रनमा गुमायो ।
अनिल पछी बाबर हायतले २५ रन जोड्दा अन्त्यतिर सनि पटेल र मोहम्मद आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि टिमले यो स्कोरतर्फ पुगेको थियो ।
अविजित रहेका सनिले ८ बलमा १ चौका र ३ छक्कामा २७ रन बनाए भने आरिफ पनि अविजित रहदै ३९ रनको योगदान गरेका थिए । २२ बलमा ३ चौका र ३ छक्का उनले प्रहार गरे ।
बलिङमा विराटनगरका मोहम्मद जैद आलम , पुनित मेहरा , जितेन्द्र मुखिया र किशोर महतोले समान १/१ विकेट लिएका थिएका थिए ।