महिला क्रीकेट मा भारतको दबदबा को अन्त्य : पहिलो पटक बङलादेश एसिया कपको च्याम्पियन
जेठ २७ , अनलाईन खेलखबर || मलेसिया मा सम्पन्न महिला टि -ट्वान्टी एसिया कप को उपाधी बङलादेश ले उचालेको छ । आज भएको फाईनल खेल मा भारत लाई रोमाञ्चक खेल मा ३ बिकेट ले पराजित गर्दै बङ्लादेश पहिलो पटक च्याम्पियन बनेको हो ।
किनरारा एकेडेमी , क्वालालम्पुर मा टस हारेर पहिले ब्याटिङ गरेको भारतिय टोलि ले निर्धारित पुरै २० ओवर खेल्दै ९ बिकेट गुमाएर ११२ रनको योगफल खडा गरेको थियो । जसमा भारत का लागि कप्तान हर्मनसिँह कौर ले सर्बाधिक ४२ बलको सामना गर्दै ७ चौका को मद्दत मा अर्धसतकिय ५६ रनको पारी खेलिन भने बाकी ब्याट्सउमेन ले उल्लेख्य योगदान गर्न नसकेपछी भारत कम स्कोर मै सिमित हुन पुगेको थियो । जसमा मिथाली राज र वेदा कृष्णमुर्ती ले समान ११/११ रन थपेका थिए ।
यसपछि च्याम्पियन बङलादेश ले जवाफी ब्याटिङ गर्दै २० ओवर मा ७ बिकेट गुमाएर लक्ष्य भेटायो , बङलादेश को जित मा निगर सुल्तना को २७ रन र रुमन्ना अहमद को २३ रन महत्त्वपूर्ण रहयो ।
यो जित सगै बङलादेश महिला टिम ले ईतिहास रचेको छ , महिला क्रीकेट मा सदैभ भारतिय दबदबा लाई यसपटक बङलादेश ले तोडेको छ ।