onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पर्यटकीय सहरमा क्रिकेटको रौनक

शलमान शाह , पोखरा | स्वदेशी तथा विदेशी घुमन्तेहरुको आकर्षकको केन्द्र , तालैतालको सहर जहाँ चारैतिर हिउँले ढाकेका पहाडहरु बीचमा सानो उपत्यका त्यसमाथि सफा सुन्दर विभिन्न सम्पदाहरु ,अनेक मनमोहक प्रकृतिका दृश्यहरु यी यस्ता कुराहरु पोखराको सुन्दरतालाई बयान गर्न पर्याप्त छन ।

त्यहि मनमोहक दृश्यलाई अवलोकन गर्न पोखरामा थुप्रै पर्यटकहरु आउँने गर्छन । नेपालको पर्यटकीयस्थलमा काठमाडौंपछी पोखरानै आउँने गर्छ । त्यसमा कुनै दुईमत नै छैन , र पोखरा नेपालको प्रमुख पर्यटकीय सहरमा गनिदै आएको छ ।

जसरी पोखरालाई प्रकृतिको साथ छ त्यसरीनै यहाँका स्थानीय पोख्रेलीको उतिक्कै प्रकृतिप्रति लगाभ र माया छ र पो ! यो पोखरा सम्भव भएको हो ।

र यही प्रकिती र पर्यटकहरुलाई भगवानका रुपमा हेर्ने सहरमा अहिले नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) को दोस्रो संस्करण चलिरहको छ ।

मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगिता अहिलेसम्म मध्यतिर समेत आईपुगेको छ । अहिलेसम्म प्रतियोगितामा खेलहरु जसरी सुरुवात भएका छन त्यसरीनै प्रतियोगिताको रौनक क्रमश : बढ्दो क्रममा छ ।

पहिलो संस्करण निकै भब्य र सभ्य भएको पीपीएलको दोस्रो संस्करणपनि सोहि तरीकाले अगाडी बढ्ने सङकेत् प्राप्त गर्दै गर्दा अझै ब्यापक हुने देखिन्छ ।

प्राय जस्तो यो स्तरका प्रतियोगिता केन्द्रिय राजधानी केन्द्रित भईरहेको अवस्थामा पनि पोखरामा गर्न सकिन्छ । पोखरामा पनि क्रिकेटलाई विस्तारसँगै क्रिकेट हव बनाउनु पर्छ भने सोचका साथ पीपीएल भित्राएको आयोजक क्विन ईभेन्ट्म्यानेजमेन्ट प्रालीको यो कदम तारिफयोग्य नै रहेको छ ।

जसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यस क्रिकेट प्रतियोगिताले ख्याती कमाई रहेको छ त्यो आफैमा लोभलाग्दो समेत रहेको छ ।

माछापुच्छ्रेको काखमा रहेको सुन्दर मैदानमा हाम्रा तथा हाम्रा पाहुना खेलाडीहरु खेल्दै गर्दा यति आनन्दित बनाउँछ की जुन यहाँ सब्दमा बयान गर्न कठिन पर्न सक्छ ।

प्रतियोगितामा क्रमश : चल्दै गर्दा अहिले पोखरालाई पनि क्रिकेटले मज्जैले छोएको छ । चोक देखि चिया पसलसम्म होटेल देखि स्कुलसम्म चारैतिर अहिले पीपीएलकै चर्चा परिचर्चा भएको पाइन्छ ।

जसरी पीपीएलले ब्यापक चर्चा पाएको छ त्यसरीनै स्थानीय समर्थकहरुको माया र समर्थन पाईरहेको छ । खेल दौरान राम्रो सङख्यामा दर्शक पनि पीपीएलले पाईरहेको छ ।

जहाँ स-साना भाईबहिनि देखि उमेर पुगेका हजुरबुवासम्म पीपीएलको खेल हेर्न आएको हामिले देख्दै आएका छौं ।

यसले पनि के जनाउछ भने जसरी अरु ठाउँमा क्रिकेटले साथ पाईरहेको हुन्छ त्यसरीनै पोखराले पीपीएललाई साथ दिएको छ ।

यता पीपीएलले पोखरामा रौनक थप्दै गर्दा त्यसको तरंग देश तथा विदेशमा सम्म पुगेको छ । जसका लागि थुप्रै सम्बधित निकाय र संचारकर्मीले ठुलो भूमिका निर्वाह गरिरहेका छन ।

जसको प्रतिफलमा पोखरामा भईरहेको पोखरा प्रिमियर लिगले पोखरासँगै अन्यतिर पनि ब्यापक चर्चा पाईरहेको पाईन्छ । जुन नेपाली क्रिकेटका लागि अर्को सकारात्मक संदेश पीपीएलले बाढेको छ ।

यो स्तरको घरेलु प्रतियोगिता निकै कम भईरहेको हाम्रो यो अवस्थामा एक प्राईभेट कम्पनीले यसरी प्रतियोगिता सन्चालन गरिरहेको छ । यसले आफैमा नेपाली क्रिकेटको विकास र प्रबधनमा ठुलो भूमिका निर्वाह गरिरहेको छ ।

क्रिकेटमा एक पछी अर्को सफलता नेपालले हासिल गर्दा घरेलु संरचना भने निकै दयनीय छ । सम्बधित निकायबाट गतिलो प्रतियोगिता हुन सकिरहेको छैन । एकदिवसीय मान्यता प्राप्त हाम्रो देशका खेलाडीहरुलाई उचित खेल्ने माहोल छैन ।

जुन अहिले तत्कालको यो हाम्रो तितो यथार्थ हो । विस्तारै होला त्यो आशावादी रहन सकिएला तर अहिले सम्म भने त्यो हुन् सकेको छैन । यस्तोमा पीपीएल जस्तो क्रिकेट प्रतियोगिताले खेलाडीका लागि अर्थपूर्ण काम गरिरहेको छ ।

खेलाडीका लागि हौसला प्रदान गर्दै उनिहरुको प्रतिभालाई अझ तिखार्न पनि पीपीएलले राम्रो भूमिका निर्वाह गरेको छ । यो स्तरको प्रतियोगिता खेल्न पाउँदा स्वयम् खेलाडीहरु पनि दंग छन । प्रशिक्षक खुशी छन विदेशी खेलाडीलाई अझ रौनकता थपेको छ ।

यो प्रतियोगिता खेलाडीहरुका लागि आफ्नो प्रतिभा देखाउने माध्यम मात्र बनेको छैन क्रमश:ब्याबसाहिकतातर्फ पनि लगेको छ । क्रिकेट खेलेर आफ्नो दैनिक जीविका संचालन गर्न सहयोगी माध्यम बनेको छ पीपीएल …

पीपीएल एउटा क्रिकेट प्रतियोगिता मात्र रहेन यो पोखरालाई चिनाउने अर्को माध्यम बन्दा यसले नेपाली क्रिकेटमा ठुलो तथा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्