मेलबर्न स्टार्सको विजयी सुरुवात : सन्दिपको नाममा एक विकेट
एजेन्सी – अष्ट्रेलियाको उच्च लिग बिग बास लिग (बीबीएल) मा नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने आबद्द मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ ।
शुक्रबार लिगको पहिलो खेलमा जित हासिल गर्ने क्रममा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको हो ।
खेलमा मेलबर्नले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको ब्रिसबेनले २० ओभर पुरै खेलेपनी ८ विकेटको क्षतिमा १ सय ४५ रनमा सिमित भएपछी मेलबर्नले लिगमा विजयी सुरुवात गरेको हो ।
ब्रिसबेनका टम बेन्टनले सर्वाधिक ६४ रनको योगदान गरे । उनले ३६ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यस्तै टिमका लागि म्याट रेनशले ३९ रन बनाएपनि बाकि खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङ मेलबर्नका एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए भने डानिल वरेल र हरिस राउफले समान २/२ विकेट हात पार्दा नेपालका सन्दिपले १ विकेट लिन सफल भए ।
आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गरेका उनले ३८ रन खर्चिए जसमा वेन कटिङको विकेट समाबेश रहेको छ ।
त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाउन सफल भएको थियो ।
टिमका लागि कप्तान ग्लेन म्याक्सवेल सर्वाधिक ८३ रनको योगदान गरेपछि टिमले त्यो स्कोर सम्म पुग्न सफल भएको थियो । मात्र ३९ बलको सामना गरेका उनले ७ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै मेलबर्नका लागि पिटर ह्यान्ड्सकम्बले २० रन तथा हिल्टन काटराइटले १८ रन जोडेका थिए ।
बलिङतर्फ ब्रिसबेनका जोश लालोर , मैट रेनशॉ , जहीर खान,बेन लाफलिन, मिचेल स्वेपसन र बेन कटिंगले समान १/१ विकेट लिएका थिए ।
अब मेलबर्नले आफ्नो दोस्रो खेल आईतबार होबार्ट हरिकेंससँग खेल्नेछ ।