onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अफ्ताबुदीनको उत्कृष्ट ब्याटिङमा बुटवलको दोस्रो जित

पोखरा ( अनलाइन खेलखबर ) | अफ्ताबुदीन अहमदले सानदार ब्याटिङ गरेपछी सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा शुक्रबार बुटबलले साविकको विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको हो ।

खेलमा घरेलु टोली पोखराले दिएको १ सय २२ रनको विजयी चुनौतीलाई बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बुटबललाई प्रतियोगितामा दोस्रो जित दिलाउन अफ्ताबुदीन अहमदको योगदान निकै महत्वपूर्ण रह्यो । ओपनरका रुपमा मैदान प्रवेश गरेका उनले अर्का ओपनर सङखर रानासँग मिलेर पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । जुन साझेदारी टिमलाई जित हासिल गर्न पर्याप्त बन्यो ।

१०.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका रानाले १९ रन बनाए त्यसपछी दोस्रो विकेटका रुपमा पभेलीयन फर्किएका खेलका नायक अफ्ताबुदीनले ७५ रनको योगदान गरे । ४६ बलको सामना गरेका उनले १२ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै खेलमा भिम सार्की र हर्ष टोग अविजित रहदै क्रमश १६ र ६ रन बनाएका थिए ।

बलिङतर्फ पोखराका राशिद खान र प्रथमेष डाकेले समान १/१ विकेट हात पारे ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

पोखराका लागि भारतका रवी ईन्द्रर सिँहले सर्वाधिक ४५ रनको योगदान गरेपछी टिमले सम्मानजनक स्कोरतर्फ पुगेको थियो ।

अविजित रहेका रवीले ४२ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा उक्त पारी खेलेका थिए ।

खेलमा पहिलो ओभरको दोस्रो बलमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई सून्य रनमा गुमाएको पोखराले लगत्तै कप्तान शरद भेषवाकरलाई १३ रनमा गुमाएपछी थप दबाबमा आएको थियो ।

त्यसपछी रवीले ४५ तथा रोहित कुमार पौडेलले १९ र प्रथमेष डाकेले २० रन बनाएपछी टिमले सम्मानजनक योगफल खडा गरेको थियो ।

बलिङतर्फ बुटवलका हर्ष टोगले २ तथा ललित भण्डारी र नितेश थापाले समान १/१ विकेट हात पारेका थिए ।

यो जितसँगै बुटवलको प्ले अफ पुग्ने सम्भावना जिवितै रहदा साविकको विजेता पोखराको भने लगभग सकिएको छ । पोखराले पहिलो खेल जितेपनि त्यसपछिका तिन खेलमा पोखरा लगातार पराजित हुन पुगेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *