onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एपीएफ प्रधानमन्त्री कप को फाईनल मा : उपाधि का लागि भोलि आर्मी सगँ भिडने

अनलाईन खेलखबर , जेठ २६ || राजधानि मा जारी नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को दोस्रो सेमिफाइनल मा पुलिस क्लब लाई रोमाञ्चक खेल मा ९ रनले पराजित गर्दै एपीएफ प्रतियोगिता को फाईनल प्रबेश गरेको छ । अब फाईनल मा आईतवार त्रिभुवन आर्मी सगँ भिडने छ ।

बर्षा ले प्रभावित खेल मा मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको भए पनि पुलिस ले १४.४ ओवर मा २ बिकेट गुमाएर ५९ रन बनाउदा मैदान मा पानी पर्न थालेपछि खेल बेहि बेर का लागि रोकिएको थियो ।यसपछि डकबर्थ लुईस नियम अनुसार पुलिस ले नयाँ लक्ष्य २८ ओवर मा १४१ रन बनाउनु पर्ने भयो । जसअनुसार पुलिस ले पुरै २८ ओवर खेल्दै ९ बिकेट गुमाएर १३१ रन बनायो । रोमाञ्चक बनेको खेल मा सुनिल धमला ले २४ रन , कुशल भुर्तेल ले ३० रन , दिलिप नाथ ले १६ रन , दिपेन्द्र सिँह एरि ले १४ रन कप्तान मन्जिल श्रेष्ठ ले ११ रन र सिद्धान्त लोहनी ले १० रन को पारी खेले पनि टिम लाई जिताउन भने सकेनन ।

आजको खेल अबलोकन गर्न टियु पुगेका केही दर्शकहरु ।

बलिग तर्फ एपीएफ का लागि एपीएफका लागि अमर सिँह रौटेला ले सर्बाधिक ३ बिकेट लिए भने वसन्त रेग्मि ले २ बिकेट लिदाँ कमल सिँह एरि र करन केसि ले समान १/१ बिकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जिति पहिला व्याटिङ गरेको एपीएफ ले ४८.५ ओभरमा अल आउट हुँदै २०८ रनको मध्यम स्कोर खडा गरेको थियो ।

एपीएफकालागि अनिल साहले ४५, पृथु बास्कोटा ४०, रोहित पौडेल ३२, प्रदीप ऐरी २४, सुबास खकुरले २१ रनमा आउट भए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा ,आरिफ शेख र सुशील कंडेलले १–१ विकेट लिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा जारी प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।

आजको विजेता एपीएफ ले ले आईतबार त्रिभुवन आर्मीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ । आर्मीले प्रदेश ५ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षीत गरेको हो ।

उपाधी विजेताले नगद २० लाख तथा उप विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय क्लब गरि १० टिमको सहभागिता थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *