चितवनको चाहना : धनगढीमाथि सहज जित निकाल्ने
पोखरा ( अनलाइन खेलखबर ) | पारस खड्का कप्तान रहेको चितवन राईनोजले पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा आज धनगढी ब्लुजसँग प्रतिष्पर्दा गर्दैछ ।
दिनको दोस्रो अर्थात दिउँसो पौने १ बजेपछी हुने खेलमा उपाधिको प्रवल दाबेदार चितवन राईनोज सहज जितको खोजिमा रहने छ ।
यसअघिका दुई खेलमा राम्रो खेलेको चितवन सोहि लयलाई यथावत राख्ने सोचमा रहने छ ।
चितवनले जारी खेलमा पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको थियो ।
पहिलो खेलमै पुर्व च्याम्पियनलाई हराएर हौसिएको चितवनले दोस्रो खेलमा सोमपाल कामीको बुटवललाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा ११९ रनले हराएको थियो ।
चितवनका लागी सोचेका र आशा गरेका सबै खेलाडीबाट सोहि अनुसारको प्रदर्सन भईरहेको अवस्थामा यो नतिजा सम्भव भईरहेको छ ।
यता आज बलियो चितवनसँग भिड्न लागेको धनगढी जुन दीपेन्द्र सिँह एरिको कप्तानीमा रहेको छ ।
धनगढीले प्रतियोगितामा अहिलेसम्म २ खेल खेलेको छ । पहिलो खेलमा धनगढीले रोमान्चक बनेको खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भने काठमाडौंसँग १ सय ६ रनले पराजित हुन पुगेपछी अहिले धनगढीलाई पनि थप दबाब रहेको छ ।
तुलनात्मक रुपमा नियाल्दा पनि आजको यो खेलमा चितवननै हाबी हुने प्रवल सम्भावना रहेको छ ।