onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्याट क्युमिन्स बने आईपीएल ईतिहासमै सबैभन्दा महँगा विदेशी खेलाडी

एजेन्सी – आसन्न १३ औं संस्करणको ईन्डियन प्रिमियर लिग ( आईपीएल ) मा अष्ट्रेलियाका तिब्र गतिका बलर प्याट क्युमिन्स लाई कोलकता नाइट राइडर्सले ठुलो रकममा साथ टिममा भित्राएको छ ।

फाईल फोटो

बिहिबार कोलकातामा भएको अक्सनमा उनलाई कोलकताले १५ करोड ५० लाख भारतीय रुपीएमा टिममा लिएको छ । यो सँगै आईपीएलकै ईतिहासमै सर्वाधिक धेरै मूल्य पाउँने विदेशी खेलाडी उनि बनेका छन ।

यसअघि बेन स्टोक्सलाई सन २०१७ मा राइजिग पुणे सुपरजायंट्सले १४ करोड ५० लाखमा अनुबन्धित गरेको थियो ।

यता प्याट क्युमिन्स सँगै यस संस्करणमा ठुलो रकममा ग्लेन मैक्सवेललाई किग्स ईलाभेन पंजाबले १० करोड ७५ लाखमा र क्रिस मोरिसलाई १० करोडमा रोयल च्यालेन्जर्स बैंगलोरले लिएको छ ।

यता आईपीएलकै अहिलेसम्मकै महँगा विदेशी खेलाडी बनेका प्याट क्युमिन्सले यसअघि सन्दिप लामीछानेको टिम दिल्लीबाट पनि खेलिसकेका छन ।

जसमा उनले अहिलेसम्म आईपीएलमा १६ खेल खेल्दै १७ विकेट लिन सफल भईसकेका छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *