onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश ५ माथी शानदार जित निकाल्दै राजधानी मा जारी प्रधानमन्त्री कपको फाईनल मा आर्मी प्रबेश

जेठ २५ , अनलाईन खेलखबर || राजधानी मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को पहिलो सेमिफाइनल मा आज बिभागिय टोलि त्रिभुवन आर्मी ले प्रदेश ५ लाई १५४ रनको ठूलो अन्तर ले पराजित गरेको छ ।

२९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर ५ ३५.५ ओवर मा अलआउट हुदै १३५ रन बनाएको थियो । जस मा सर्बाधिक कृष्ण कार्की ले अबिजित ३१ रन र सङ्खर राना ले २३ रन को योगदान गर्नु बाहेक अन्य ले उल्लेख्य योगदान दिन नसक्दा टिमले ठूलो हार ब्यहोर्नुपर्यो।

यस्तै प्रदेश ५ को ब्याटिङ ध्वस्त गर्ने क्रममा बिक्रम शोब , सुशन भारी ले समान ३/३ बिकेट लिए भने सागर पुन ले २ बिकेट साथै सोमपाल र शाह्ब आलम ले १/१ बिकेट लिए ।

यस अघि त्रिवि क्रीकेट मैदान , किर्तिपुर मा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ले सागर पुन को सतकिय र भिम सार्की को अर्थसतकिय पारी को मद्दत ले निर्धारित पुरै ५० ओ वर खेल्दै ८ बिकेट गुमाएर २८९ रन बनाएको थियो ।सागर ले १४२ बलको सामना गर्दै १० चौका ४ छ्क्का प्रहार गर्दै ११८ रन बनाएका थिए । जारी प्रतियोगिता मा सतक प्रहार गर्ने खेलाडी सागर सहित ४ जना रहेका छ्न । यस्तै भिम सार्की ले ७७ रन को पारी खेले भने बिनोद भन्डारी ले ३७ रन , अनिल मन्डल ले १९ रन र सोमपाल ले ८ रन बनाएका थिए ।


बलिग तर्फ प्रदेश ५ का लागि कृष्ण कार्की ले ३ तथा बिक्रम भुषाल ले २ बिकेट लिएका थिए ।

अब आर्मी ले फाईनल मा दोस्रो सेमिफाइनल पुलिस र एपीएफ को बिजेता सगँ भिडने छ ।

प्रतियोगिता को बिजेता टोलि ले २० लाख नगद सहित ट्र्फी पाउने छ्न भने उपबिजेता टोलि ले नगद १० लाख पाउने छ । यस्तै म्यान अफ द सिरिज ले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही ५०/५० हजार पाउने छ्न ।

प्रतिक्रिया दिनुहोस्