पारस र रोहनको सानदार ब्याटिङमा चितवनको विशाल योगफल

पारस र रोहनको सानदार ब्याटिङमा चितवनको विशाल योगफल

पोखरा ( अनलाइन खेलखबर ) | कप्तान पारस खडका र रोहन मुस्तफाको सानदार ब्याटिङमा चितवन राईनोजले बुटवललाई २ सय ४ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेटमा २ सय ३ रन बनाएको छ ।

खेलमा चितवनले अहिलेसम्मकै ठुलो योगफल खडा गर्ने क्रममा ओपनर ब्याट्सम्यान पारस खडका र रोहन मुस्तफाले ओपनिङ १ सय १७ रनको साझेदारी हुन पुगेको थियो ।

११.३ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका पारस खडकाले ६३ रनको योगदान गरे । अफ्ताबुदीनको बलमा सोमपाल कामीको हातबाट क्याच आउट हुन पुगेका पारसले ४० बलमा ६ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

पारसपछी बाबर हायतले भने निराशाजनक प्रदर्शन गरे । उनी मात्र १ रनमा आउट हुन पुगेका थिए । उनि अफ्ताबुदीन अहमदको बलमा आउट हुन पुगे ।

त्यसपछी भने मोहम्मद आरिफ शेख ४० रन बनाएर अभिनाश बोहराको बलमा आउट हुन पुगे । यता रोहन मुस्तफा ७० रनमा अविजित रहे भने सनि पटेलले पनि अविजित रहदै ४ रन जोडे ।

अब चितवनले दिएको २ सय ४ रनको विजयी चुनौतीलाई पछ्याउदै बुटवलले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *