onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बुटबलविरुद्द चितवन सहज जितको खोजीमा

पोखरा ( अनलाइन खेलखबर ) | नेपालको पर्यटकीय शहर पोखरामा जारी चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत उपाधिको दाबेदार चितवन राईनोजले आफ्नो दोस्रो खेलमा आज बुटवल ब्लास्टर्ससँग खेल्दैछ ।

पोखरास्थित पोखरा रंगशाला क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछि हुने खेलमा दुवै अपराजित टिम जितको खोजीमा रहने छन ।

बिशेषत चितवनले आफ्नो लयलाई जारी राख्नका लागि पनि जित आबस्यक रहेको छ र तुलनात्मक रुपमा हेर्दा पनि बुटबल भन्दा पनि चितवन बलियो टिमको रुपमा देखिन्छ ।

तर यसो भनिरहदा बुटबललाई पनि कमजोर आकंलंन गर्नु त्यति न्यायगत नहोला , जसको बुटबलले पहिलो खेलमा नै राम्रो सङकेत् गरेको छ ।

बुटबलले पहिलो खेलमा ज्ञानेन्द्र मल्लको काठमाण्डौलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हुँदा मनोबल पनि उच्च रहेको छ ।

त्यहि मनोबलका साथ आज पारस खड्काको कप्तानीमा रहेको चितवनविरुद्द मैदानमा उत्रिने छ ।

यता आफ्नो पहिलो खेलमा साविकको विजेता पोखरा पल्टनमाथि ६ विकेटले जित हासिल चितवन आफ्नो लयलाई यथावत राख्दै बुटबलमाथि सहज जितको खोजीमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्