दोस्रो एकदिवसीयमा भारत विजयी

दोस्रो एकदिवसीयमा भारत विजयी

एजेन्सी – भारतले वेष्ट इण्डिजविरुद्दको दोस्रो एकदिवसीय खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।

बुधबार सिरिजको दोस्रो खेलमा भारतले पाहुना टोली वेष्ट इण्डिजलाई १०७ रनले पराजित गर्न सफल भएको छ । यो सँगै ३ खेलको सिरिज १/१ को बराबरीमा पुगेको छ ।

खेलमा भारतले दिएको ३ सय ८८ रनको विजयी चुनौतीलाई पछ्याएको वेष्ट इण्डिज ४३.३ ओभर अलआउट हुँदै २ सय ८० रनमा सिमित हुन पुग्दा खेल भारतले आफ्नो पक्षमा पार्न सफल भयो ।

वेष्ट इण्डिजका लागि साई होपले सर्वाधिक ७५ रनको योगदान गर्दा निकोलस पूरनले पनि ७५ रनको योगदान गरे।

यस्तै ओपनर ब्याट्स म्यान ईभिन लुईसले ३० रन र कीमो पॉलले ४६ रन बनाए ।

बलिङतर्फ भारतका कुलदिप यादबले ह्याट्रिक सहित ३ र मोहम्मद शामिले पनि ३ तथा जडेजाले २ विकेट लिए भने सार्दुल ठाकुरको नाममा पनि एक विकेट रहयो ।

त्यसअघि विशाकापटनममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारत रोहित शर्मा र लोकेश राहुलको सानदार शतकीय पारीको मद्दतमा निर्धारित ५० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर ३ सय ८७ रन बनाउँन सफल भएको थियो ।

भारतले बिशाल योगफल खडा गर्ने क्रममा उसका ओपनर रोहित र लोकेशले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए ।

३६.६ ओभरमा क्याच आउट हुन पुगेका लोकेश राहुलले १०२ रनको योगदान गरे । एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने क्रममा उनले ८ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

त्यसपछी टिमले कप्तान विराट कोहलीलाई सून्य रनमा गुमाएको भएपनि रोहितले टिमका लागि महत्वपूर्ण योगदान गर्ने क्रममा १५९ रन बनाए । जुन रोहितको एकदिवसीयमा २८ औं शतक समेत हो ।

तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका रोहितले क्याच आउट हुनअघि १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतमा उक्त पारी खेल्न सफल भएका हुन ।

रोहितपछी टिमका लागि श्रेयस अय्यरले ५३ तथा रिषभ पन्तले ३९ र केदार ज्यादवले अविजित रहदै १६ रनको योगदान गरेपछी टिम विशाल योगफल खडा गर्न सफल भएको थियो ।

बलिङतर्फ वेस्ट इण्डिजका शेल्डन कॉटरेलले २ तथा कीमो पॉल अल्जाररी जोसेफ र कप्तान किरोन पोलार्डले समान १/१ विकेट हात पारे ।

अब सिरिजको अन्तिम खेल आईतबार बरबटी रंगशाला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *