पोखरामा क्रिकेटर करन केसी नगदसहित सम्मानित
पोखरा ( अनलाइन खेलखबर ) | नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा क्रिकेटर करन केसी पोखरामा सम्मानित भएका छन ।
नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) मा सहभागी भईरहेका करनलाई पोखरामा शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानले नगद २० हजार सहित सम्मान गरेको हो ।
चितवनस्थित प्रतिष्ठानले करनलाई नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दा प्रमुख योगदान पुर्याएको साथै क्रिकेटको विकाश र उन्नतिको लागि करनले पुर्याएको योगदानलाई उच्च मुल्याङकन गर्दै उक्त संस्थाले सम्मान गरेको छ ।
बुधबार उनलाई पीपीएल भईरहेको पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा एक कार्यक्रमका साथ सम्मान गरिएको थियो ।
सम्मान प्राप्त गरेपछी खुशी व्यक्त गर्दै करनले शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानलाई धन्यवाद प्रकट गरेका थिए ।
यता करन पीपीएलमा पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोजबाट खेलिरहेका छन ।