onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पीपीएलमा विराटनगरको पहिलो जित

पोखरा ( अनलाइन खेलखबर ) | प्रदिप एरीको कप्तानीमा रहेको विराटनगर टाईटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा पहिलो जित हासिल गरेको छ ।

बुधबार भएको दोस्रो खेलमा विराटनगर विजयी हुने क्रममा साविकको विजेता समेत रहेको पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको थियो ।

खेलमा विराटनगरले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी चुनौतीलाई पछ्याएको पोखरा १९.५ ओभरमा अलआउट हुँदै १०० रनमा सिमित हुन पुगेपछी खेल विराटनगरले आफ्नो पक्षमा पार्न सफल भयो ।

पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान गर्दा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २४ र मोहम्मद आसिफ शेखले १३ रन बनाउनु वाहेक अन्य खेलाडीले उलेख्य योगदान दिन नसक्दा पोखरा लगातार दोस्रो हार व्यहोरेको छ ।

बलिङतर्फ विराटनगरका किशोर महतोले ३ तथा जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान २/२ विकेट हात पारे । भने शाहव आलम , पुनित मेहरा र नोमन खानले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सुरुवाती अवस्थाबाटै राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर ब्याट्सम्यान मोहम्मद जैद आलम र सुनिल धमलाले टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा ५० रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका जैदले २६ रन बनाएका थिए । त्यसपछी अर्का ओपनर ब्याट्सम्यान सुनिल धमला आउट हुन पुगे ।

४० बलको सामना गरेका उनले २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए । त्यसपछी भने विराटनगरले सस्तैमा तिन खेलाडीलाई गुमायो ।
जसमा कप्तान प्रदिप एरी ६ रन , नोमन खान र प्रतियोगितामा डेब्यु खेल खेलिरहेका लोकेश बमले २ रन बनाएर आउट हुन् पुग्दा अन्त्यतिर पुनित मेहराले अर्धशतकीय पारी खेल्दा टिम यो स्कोर सम्म पुग्न सफल भएको हो ।

अविजित रहेका पुनितले २६ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ६१ रनको योगदान गरे । बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले २ तथा कुशल मल्ल र लडदाले १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा भोली(बिहिबार ) चितवन राईनोज र बुटवल भिड्ने छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *