onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विराटनगरले दियो पोखरालाई ठुलो विजयी चुनौती

पोखरा ( अनलाइन खेलखबर ) | नेपालको पर्यटकीय शहर पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत चौथो दिनको दोस्रो खेलमा अहिले पोखरा पल्टनले विराटनगर टाईटन्सको सामना गरिरहेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको छ ।

सुरुवाती अवस्थाबाटै राम्रो सुरुवात गरेको विराटनगरका लागि ओपनर ब्याट्सम्यान मोहम्मद जैद आलम र सुनिल धमलाले टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा ५० रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका जैदले २६ रन बनाएका थिए । त्यसपछी अर्का ओपनर ब्याट्सम्यान सुनिल धमला आउट हुन पुगे ।

४० बलको सामना गरेका उनले २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए । त्यसपछी भने विराटनगरले सस्तैमा तिन खेलाडीलाई गुमायो ।

जसमा कप्तान प्रदिप एरी ६ रन , नोमन खान र प्रतियोगितामा डेब्यु खेल खेलिरहेका लोकेश बमले २ रन बनाएर आउट हुन् पुग्दा अन्त्यतिर पुनित मेहराले अर्धशतकीय पारी खेल्दा टिम यो स्कोर सम्म पुग्न सफल भएको हो ।

अविजित रहेका पुनितले २६ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ६१ रनको योगदान गरे ।

बलिङतर्फ पोखराका कप्तान शरद भेषवाकरले २ तथा कुशल मल्ल र लडदाले १/१ विकेट लिएका थिए ।

अहिले विराटनगरले दिएको १ सय ४६ रनको विजयी चुनौतीलाई पछ्याउदै पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *