
ज्ञानेन्द्र मल्लको शतक : पीपीएलमै पहिलो
पोखरा ( अनलाइन खेलखबर ) | काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले धनगढीविरुद्द शतकीय पारी खेल्दा उनको शतक पोखरा प्रिमियर लिग ( पीपीएल ) कै पहिलो शतकको रुपमा दर्ता हुन पुगेको छ ।
दोस्रो संस्करणसम्म आईपुगेको पीपीएलमा मल्लले पहिलो शतक आफ्नो नाममा लेखाँउन सफल भएका छन ।
प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा दिपेन्द्र सिह एरी कप्तान रहेको धनगढी ब्लुजबिरुद्द उनको शतक सम्भव भएको हो ।
खेलमा टिमको दोस्रो विकेट गएपछी मैदान प्रवेश गरेका ज्ञानेन्द्रले सानदार ब्याटिङ गर्ने क्रममा मात्र ३७ बलमा उनले शतक प्रहार गरेका थिए । १ रन बनाएका मल्लले ८ चौका र ९ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
जुन शतक प्रतियोगिताको ईतिहासमै पहिलो शतक सावित हुन पुगेको छ ।