ज्ञानेन्द्रको शतकमा काठमाडौंद्वारा धनगढीसामू विशाल चुनौती प्रस्तुत
पोखरा ( अनलाइन खेलखबर ) | कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेपछि गरेपछी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल) को चौथो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले दिपेन्द्र सिह एरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई बिशाल विजयी चुनौती प्रस्तुत गरेको छ ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब मौसमका कारण १७ ओभरमा छोट्याईएको खेलमा काठमाडौंले निर्धारित पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको छ ।
खेलमा पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेटका रुपमा गौरभ तोमरलाई सुन्य रनमा गुमाएको काठमाडौंले त्यसपछी भने सानदार ब्याटिङ गरेको थियो ।
जसमा ओपनर ब्याट्सम्यान जयकिशन कोल्सावालाले ४६ रन तथा अमित श्रेष्ठले ३४ रनको योगदान गर्दा खेलका नायक ज्ञानेन्द्र मल्लले शतकीय पारी खेल्ने क्रममा १ सय रन बनाए ।
प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा मल्लले ३८ बलमा ८ चौका र ९ छक्काको मद्दतमा उक्त बनाएका थिए ।
बलिङतर्फ धनगढीका कमल सिह एरीले सर्वाधिक ४ तथा सागर ढकाल १ विकेट लिएका थिए ।
अहिले काठमाडौंले दिएको १ सय ८६ रनको बिशाल विजयी चुनौतीलाई पछ्याउदै धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ ।