दोस्रो जितको खोजीमा पोखरा पल्टन
पोखरा ( अनलाइन खेलखबर ) | शरद भेषवाकरको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले पोखरा प्रिमियर लिग ( पीपीएल ) मा आज तेस्रो खेल खेल्दैछ ।
जसमा पोखराले प्रदिप एरिको विराटनगर टाईटन्ससँग दिउँसो पौने १ बजेपछी खेल्नेछ ।
जारी प्रतियोगितामा पोखरा अहिले २ खेलबाट २ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भने पोखरा पारस खड्का कप्तानी रहेको चितवन राईनोजसँग ६ विकेटले पराजित हुन पुगेको थियो ।
यता विराटनगर पनि आज पहिलो जितमा हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा धनगढीसँग रोमान्चक बनेको खेलमा ५ रनले पराजित भएको थियो ।
तुलनात्मक रुपमा आजको खेलमा जविराटनगरमाथि पोखरा हाबी हुने प्रबल सम्भावना रहेको छ ।